०८ बैशाख २०८२, सोमबार

Darshan Daily

३ वर्ष अगाडि

इटहरी, १३ फागुन । इटहरीमा एकै दिन तीन वटा आधारभूत स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरिएको छ ।
इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले वडा नम्वर १८, १९ र २० मा नवनिर्मित स्वास्थ्य इकाई भवनको शिलान्यास गर्नुभयो । इटहरीका सबै वडाहरुमा आधारभूत स्वास्थ्य सेवा पू¥याउन यस अघि सरकारी स्वास्थ्य संस्था नभएका १४ वडामा आधारभूत स्वास्थ्य इकाई भवन निर्माण सम्पन्न भएका छन् ।
नगरप्रमुख द्वारिकलाल चौधरीले चुनाव ताका सबै वडाहरुमा अस्पताल पू¥याउने प्रतिवद्धता पूरा गरेको बताउनुभयो । उहाँले अब आधारभूत सेवा लिन गाउँका वासिन्दाले शहर जानु नपर्ने बताउनुभयो । उपप्रमुख लक्ष्मी गौतमले वडा वडामा निर्मित स्वास्थ्य इकाइ भवनबाट स्वास्थ्य सेवा संचालन गर्न जनशक्ति र आवश्यक सामग्रीको ब्यवस्थापन भइसकेको जानकारी दिनुभयो । आँगनमै स्वास्थ्य सेवा आउने भएपछि गाउँ गाउँका वासिन्दा उत्साहित बनेको उहाँको भनाई छ । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले इटहरीका वडाहरुमा जग्गा ब्यवस्थापन गरेर स्वास्थ्य इकाई भवन निर्माण गरिनु सुनसरीमै उदाहरणीय कार्य भएको बताउनुभयो । उपमहानगरका इन्जिनियर कैलाश तिम्सिनाले भवन निर्माण लागतका बारेमा जानकारी दिनुभयो । उपमहानगरका स्वास्थ्य संयोजक घनश्याम सिग्देलले आधारभूत स्वास्थ्य इकाइबाट प्राप्त हुने आधारभूत स्वास्थ्य सेवाका बारेमा जानकारी दिनुभयो । वडा नम्वर १८ मा वडाध्यक्ष रामकुमार चौधरी, १९ मा वडाध्यक्ष श्रीनारायण चौधरी र २० मा वडाध्यक्ष मणीराम श्रेष्ठको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएका हुन् ।

शुक्रबार, फाल्गुण १३, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]