बिराटनगर, २० असार । प्रहरीले विभिन्न खोलाहरुमा अवैध रुपमा प्राकृतिक दोहनमा संलग्न नौ सवारी साधनसहित चालकलाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले विभिन्न मिति र समयमा केराबारी–८ स्थित खदम खोला, केराबारी–७ स्थित मुगु खोला, सुन्दरहरैचा–५ स्थित बुढी खोला र बेलबारी–२ स्थित लोहन्द्रा खोलामा सवारी साधनले नदीजन्य पदार्थ गिटी बालुवा अबैध रुपमा उत्खनन् गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।
प्रहरीले को१ख ५८६२ को टिपर चालक अशोक कट्वाल, को१ख १४९१ न. को जेसिवि, चालक राज लिम्बु, को१ख ७२५१ को टिफर चालक जयराम उराउ, ना८ख ४२६७ टिफर चालक अनिल चौधरी, प्र १–०२–००१ ख ९३८७ टिफर चालक दिनेस उराउलाई पक्राउ गरेको हो ।
त्यसैगरि को१त ६८६४ ट्याक्टर चालक काशीनाथ ऋषिदेव, को२त ५५६४ चालक उज्जवल पौडेल, अन टेष्ट ट्याक्टर चालक शम्भु मग्राती र प्र१–०२–००३त१४०१ ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टर र चालकलाई आवश्यक कार्वाहीको लागि वेलवारी नगरपालिकाको कार्यालय र केराबारी गाउँपालिकाको कार्यालयसँग समन्वय भई रहेको जनाएको छ ।