बिराटनगर, १९ फागुन । लागूऔषध ब्राउन सुगरसहित प्रहरीे ३ जनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय रानी, इलाका प्रहरी कार्यालय रानी (सिमा) र लागु औषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले सोमबार बिराटनगर–१५ चाईना मार्केटमा शंका लागि चेक जाँच गर्दा ब्राउन सुगरसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई चेक जाँचका क्रममा साढे ४ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपीक्षक वेदप्रकाश जोशीले बताउनु भएको छ । उहाँका अनुसार भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका भारत बिहार राज्य अररिया थाना फारबिसगंज–७ का अर्जुन मल्लिक, विराटनगर–१७ का साईनम गुरुङ र लेटाङ–३ का नबिन तामाङलाई शंका लागि चेकचाँज गर्दा ४० दशमलव १४ ग्राम ब्राउन सुगर बरामद गरेको जनाउनु भएको छ ।
पक्राउ परेको उनीहरुको साथबाट ब्राउन सुगरसहित २ थान मोवाइल सेट पनि प्रहरीेले नियन्त्रणमा लिएको छ ।