०९ बैशाख २०८२, मंगलबार

Darshan Daily

३ वर्ष अगाडि

विराटनगर, १३ फागुन । नेपाल भाषा संस्कृतिको संरक्षणमा लामो समयदेखि भारतमा योगदान दिने ‘सिक्किम नेवा गुठी’ गान्तोकलाई यस वर्षको दुई लाख थैलीको ‘सुदर्शन–कपिला सिरपा’ः ११४२ द्वारा सम्मान गरिएको छ ।
झी पुचः (नेपाल भाषा तथा संस्कृति संघ) विराटनगरद्वारा श्क्रबार यहाँ आयोजित समारोहमा विगत २५ वर्षदेखि नेपाल भाषा, जात्रा र संस्कृति संरक्षणमा गुठीले भारतको सिक्कीमका सबै जिल्ला महत्वपूर्ण योगदान पु¥याएकोले सम्मान गरिएको हो ।
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गुठीका अध्यक्ष निर्मलकुमार प्रधानलाई सम्मान पत्र र नगदसहित सम्मान गर्नुभयो ।
सो अवसरमा उहाँले नेवार समुदाय भाषाको माध्यमबाट मुलुकको सबैक्षेत्रमा रहेको आफ्ना समुदायसँग जोडिएको बताउदै यसको संरक्षण र सम्वद्र्धन गर्नुपर्नेमा जोड दिनु भयो ।
मुख्यमन्त्री राईले सबै जातजातिकिो भाषा एवं संस्कृतिको विकास हुनु जरुरी रहेको छ भन्दै राज्यले मातृ र बोलचालको भाषाको संरक्षणमा विशेष ध्यान दिने बताउनु भयो ।
मुख्यमन्त्री राईले नेपालको सभ्यता निर्माणमा नेवार समुदायको ठूलो योगदान रहेको छ भन्दै विगतदेखि नै यो समुदायले खानपान, शिक्षा, उपचार, लत्ताकपडा, वस्तुकला र मनोरञ्जनको विकासमा संरक्षण गरेको जानकारी दिनु भयो ।
उहाँले पहिचान र अस्तित्वका लागि भाषा जोगाउनु पर्छ भन्दै लोकतान्त्रिक गणतन्त्रमा सबै किसिमका विभेदको अन्त्य भै पहिचान स्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री राईले राज्यमा अहिले पहिचानको कुरा गर्दा साम्प्रदायिकको रुपमा व्याख्या हुनु गलत भएको चर्चा गर्दै यसलाई स्थापित गर्न संघर्ष र आन्दोलन जारी रहेको छ भन्नुभयो ।
पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्वुले सबैले मातृ भाषामा बोलाउने साइनो शव्द प्रयोगबाट यसलाई लोप हुनबाट जोगाउन सकिने चर्चा गर्दै सरकार आदिवासी जनजातिको भाषा, साहित्य एवं संस्कृतिको उत्थान एवं संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
पुरस्कृत गुठीका अध्यक्ष निर्मलकुमार प्रधानले सिक्किम सरकारले नेपाल भाषालाई मान्यता दिएको जानकारी दिनु भयो ।
सम्मान कार्यक्रममा सिरपाका दाता संस्थापक सुदर्शन श्रेष्ठ, झी पुचका अध्यक्ष हरिबहादुर श्रेष्ठ, महासचिव सुरेशलाल श्रेष्ठ, सदस्य सचिव भविष श्रेष्ठ, दिनेश श्रेष्ठ र नेवार महिला संघकी केन्द्रीय अध्यक्ष जस्मिला प्रजापतिले मोफसलमा नेवार समुदायले नेपाल भाषाको प्रयोग गरेमा यसलाई लोपन्मुखबाट जोगाउन सकिने विचार राख्नु भयो ।
सिक्कीममा गुठीले इन्द्रजात्राका दिन सार्वजनिक विदा, नेपाल भाषालाई एच्छिक विषयका रुपमा अध्यापन गर्ने, न्हू दयाँ (नयाँ बर्ष), गाईजात्रा, बेल विवाह, ब्रतबन्ध, लाखेनाच जस्ता सांस्कतिकलगायतका कार्यक्रम विगतदेखि संचालन गर्दै आइरहेको जानकारी दिइयो ।
सिरपा ट्रष्टका दाता एवं संरक्षण सुर्दशन र कपिला श्रेष्ठले २० लाखको अक्षय कोष स्थापना गरी प्रत्येक दुई बर्षमा नेपाल भाषा र संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वका संस्था तथा व्यक्तिलाई चयन गरी पुरस्कार दिने व्यवस्था गरिएको छ ।
पुरस्कारको राशि प्रत्येक दशमा बर्ष ५० थप गर्ने व्यवस्था गरिएको छ । यसअघि उक्त पुरस्कार शताब्दि पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो ।
मुख्यमन्त्री राईले सोही अवसरमा झी पुचः दोश्रो स्मारिकको समेत विमोचन गर्नुभयो ।

शुक्रबार, फाल्गुण १३, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]