विराटनगर, १७ फागुन । नेपाल मुद्रण उद्योग महासंघ प्रदेश नम्बर १ को अध्यक्षमा लवकुमार घिमिरे निर्वाचित हुनु भएको छ ।
विराटनगरमा मंगलबार नेपाल मुद्रण उद्योग महासंघ प्रदेश नम्बर १ को प्रथम प्रदेश अधिवेशनले विराटनगरका मुद्रण व्यवसायी घिमिरेको अध्यक्षतामा २१ सदस्यीय प्रदेश कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा हरिप्रसाद तिम्सिना, सचिवमा शम्भुप्रसाद पोखरेल, सहसचिवमा रोहितकुमार भट्टराई र कोषाध्यक्षमा गोविन्द निरौलालाई सर्वसम्मत चयन गरेको छ ।
त्यसैगरी प्रदेश सदस्यहरुमा शरद श्रेष्ठ, दुर्गाप्रसाद तुम्रोक, लेखनाथ आचार्य, राजकुमार साह (राजु), रमेश न्यौपाने, सूर्य निरौला, राजु मिश्र, विजय राई, भिम गौतम, हिमाल कार्की, सुरेश कटुवाल, घट्टराज भट्टराई, सन्तोष खड्का र राजीव ढुंगानालाई सर्वसम्मत चयन गरेको छ । तीन जना सदस्य पछि चयन गरिने जनाइएको छ ।
निर्वाचित प्रदेश कमिटी पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समिति संयोजक टीका भट्टराई नेपाल, सदस्यहरु कृष्णप्रसाद अधिकारी र सदस्य प्रह्लाद दाहालले सपथ ग्रहण गराउनुको साथै प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
त्यसअघि प्रदेश अधिवेशनको उद्घाटन गर्दै नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष देवेन्द्रबहादुर बस्नेतले पुस्तक छपाई गर्ने कागजमा सरकारले मूल्य अभिबृद्धि कर (भ्याट) लगाउँदा विदेशबाट छपाई भएर आउने पुस्तकसंग प्रतिष्पर्धा गर्न कठिन भएकोले स्वेदशी पुस्तक छपाईमा प्रयोग हुने कागजमा भ्याट हटाइनु पर्ने माग गर्नु भयो ।
विदेशबाट छपाई भएर आउने पुस्तकमा कुनै कर नलागाईंदा र स्वेदशमा पुस्तक छपाई हुने कागजमा सरकारले भ्याट लगाएका कारण प्रतिष्पर्धा गर्न कठिनाई भएका कारण मुद्रण उद्योग दिनप्रतिदिन धराशायी बन्दै गएको आरोप बस्नेतले लगाउनु भयो । ंउहाँले मुद्रण व्यवसायीबीच एकता नहुँदा र अस्वस्थ्य प्रतिष्पर्धा भएका कारण पनि साना मुद्रण व्यवसायी विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै यसको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
महासंघका उपाध्यक्ष बस्नेतले मुलुक संघिय संरचनामा गएपनि प्रदेश सरकारका मन्त्रालयहरुले गर्ने छपाई कार्य अझै पनि केन्द्रिकृत गर्दा स्थानीय मुद्रण उद्योगी काम विहीन भएर मारमा परिरहेको भन्दै यसको अन्त्य नभए स्थानीय मुद्रण व्यवसायी पेशा व्यवसाय परिवर्तन गर्न बाध्य हुनेसमेत बताउनु भयो ।
नव निर्वाचित अध्यक्ष लवकुमार घिमिरेले सबै मुद्रण व्यवसायीहरुसँग समन्वय गरेर आपूmले व्यवसायीको हकहितमा काम गर्ने बताउनु भयो । उहाँले स्वस्थ्य प्रतिपर्धाबाट मात्रै मुद्रण व्यवसाय दिगो हुने भएकोले सबैलाई अस्वस्थ्य प्रतिष्पर्धा गरेर आफ्नै व्यवसाय धरासायी नबनाउन आग्रह गर्नुभयो । उहाँले प्रदेश सरकारअन्तर्गत हुने छपाईको काम प्रदेशअन्तर्गतकै मुद्रण व्यवसायीकोमा गराउनका लागि पहल गर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ का अध्यक्ष लीलाबल्लभ घिमिरेले संचार माध्यम, पत्रकार जगत र मुद्रण व्यवसायी एक अर्काको परिपुरक भएकोले समन्वय गरेर अगाडि बढ्न सके दिगो हुने बताउनु भयो ।
उहाँले विभिन्न कारणले संचार माध्यमहरु डिजिटलाइजेशनमा गइरहेको अवस्थामा मुद्रण व्यवसायीले पनि समयानुकुल परिवर्तित भई व्यवसायलाई निरन्तरता दिन सक्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजिव खनाल, प्रदेश नम्बर १ का मुख्यमन्त्रीका प्रेस सल्लाहकार एवं नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष बन्धु पोखरेल, नेपाल मुद्रण उद्योग महासंघ केन्द्रीय सह–कोषाध्यक्ष टिका भट्टराई नेपाल, केन्द्रीय सदस्य राजन पाठक, प्रल्हाद दाहाल, राजु साह, संस्थापक केन्द्रीय सदस्य कृष्णप्रसाद अधिकारीलगायतले अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नु भइको थियो ।
प्रदेश नम्बर १ का १४ जिल्लामा करिब ४ सय बढि मुद्रण व्यवसायी रहेका छन् ।