०८ बैशाख २०८२, सोमबार

Darshan Daily

३ वर्ष अगाडि

विराटनगर, २७ बैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मौन अवधि शुरुको पूर्वसन्ध्यानमा नेकपा एमाले विराटनगरले वृहत् पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलबार विहान रोडशेषदेखि रानीसम्म र अपरान्ह पुष्पलाल चौकदेखि रोडशेषसम्म पार्टीका नेता कार्यकर्ता, समर्थक शुभचिन्तक र उम्मेदवारको सहभागिता रहेको पदयात्रामा जनताको अपार समर्थन रहेको थियो ।
पार्टीका विराटनगर निर्वाचन परिचालन कमिटीको संयोजक विनोद ढकालका अनुसार पदयात्राका क्रममा चोक चोकमा उपस्थित भएका स्थानीयले पदयात्रीहरूलाई हौसला प्रदान गरेका थिए ।
मारवाडी समुदायको वाहुल्य बजारक्षेत्रका मतदाताहरूले यस पटकको निर्वाचनका माध्यमबाट महानगरको नेतृत्व एमालेलाई सुम्पने प्रतिवद्धता प्रकट गरेको संयोजक ढकालले जानकारी दिनुभयो ।
आफ्ना चुनावी नाराहरूका साथ पुष्पलाल चोकबाट शुरुभएको पदयात्राको नेतृत्व पार्टीका केन्द्रीय नेताहरू गुरु बराल, विनोद ढकाल, पूर्वमेयर रमेशचन्द्र पौडेल, पार्टीका अन्य केन्द्रीय, प्रदेश र जिल्ला तहका नेताहरूले गर्नुभएको थियो ।
समृद्ध विराटनगर बनाउने सपना बोकेर पार्टीका तर्फबाट मेयर र उम्मेदवार बनेका सागर थापा र शिल्पा कार्की, वडाध्यक्ष तथा सदस्यका उम्मेदवारहरूले मतदाताहरूसँग भोटमाग्दै गरेको पदयात्रा अपरान्ह रोडशेषमा पुगेको सभामा परिणत भएको थियो ।
औपचारिक रुपमा मतमाग्नका लागि तय गरिएको अन्तिम सभालाई सम्वोधन गर्दै पार्टी केन्द्रीय सदस्य विनोद ढकालले मंगलबार मध्येरातीबाट प्रचारको समय समाप्त भएपनि मतदातालाई भेटेर मत माग्न र मत सुरक्षाका लागि सचेत हुन आह्वान गर्नुभयो ।
मौन अवधिमा मतदातालाई अवाञ्छित प्रलोभनमा पारेर विभिन्न व्यक्तिहरूबाट हुनसक्ने चलखेललाई दुरुत्साहन गरी एमालेको पक्षमा देखिएको जनउभारलाई मतदानसम्म पु¥याउन सकियो भने एमालेको जीत सुनिश्चित भएको संयोजक ढकालको तर्क थियो ।
सभालाई मेयरका प्रत्यासी सागर थापाले विराटनगरको यस पटकको निर्वाचनलाई महाभारतको युद्धको संज्ञा दिँदै सो युद्धमा जसरी पाण्डपक्षको विजय भयो त्यसरी नै एमालेको विजय हुने धारणा राखे ।
उपमेयरकी उम्मेदवार शिल्पा कार्कीले जसरी छोरीको कन्यादनका लागि सुयोग्य बरको चाहना र कामना हुन्छ, त्यसरी नै छोरी रुपी विराटनगर महानगरले पनि सुयोग्य नेतृत्व खोजेकोछ, यो सुयोग्यता नेकपा एमालेका उम्मेदवारहरूमा भएकोले सूर्यमा मतदान गरी बिजयी बनाई दिन सम्पूर्ण महानगरवासी मतदाहरूलाई अनुरोध गर्नुभयो ।

मंगलबार, बैशाख २७, २०७९मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]