०८ बैशाख २०८२, सोमबार

Darshan Daily

३ वर्ष अगाडि

विराटनगर, २७ असार । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले संघ प्रदेश र स्थानीय तहको समन्वय विना विकाश सम्भव नभएको बताउनु भएको छ । सोमबार विराटनगरमा आयोजित संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धः हालसम्मको प्रयास र अबको प्राथमिकता विषयक गोष्ठीमा बोल्दै मन्त्री कार्कीले विकाशको काममा तीनै तहको समन्वय आवश्यक रहेको बताउनु भएको हो ।
‘संघीय सरकारले आफू नै सबैभन्दा ठुलो हुँ भन्ने, प्रदेशले संघ छुट्टै हो तर तलकोले मान्नुपर्छ भन्ने, स्थानीयले हाम्रो त आफ्नै अधिकार छ भन्ने त्यसमा वडा अध्यक्षले सिङ्गो वडा त मेरै हो भन्ने चलन छ । उहाँले भन्नुभयो, यसो हुँदा कसरी विकाशका काम अगाडि बढ्छन् त ?’
संघीयताले विकासको मोडललाई विकेन्द्रीकरण गर्दै लानुपर्नेमा त्यसो नभइरहेको बताउँदै मन्त्री कार्कीले भागबन्डाका आधारमा हुने विकासलाई रोक्नुपर्नेमा जोड दिए ।
‘ऐनअनुसार स्थानीय सरकारले बजेट पास नगरी मेयरको भागमा यती उपमेयरको भागमा यति, वडा अध्यक्षलाई यति भन्ने हुन्छ । उहाँले भन्नुभयो, जब की कानून भनेको डर देखाउने चिज हैन ।’
गाउँपालिका महासंघलाई स्थानीय तहमा जनताका भावनाअनुसार काम गराउन समन्वयकारी भूमिका खेल्न पनि मन्त्री कार्कीले आग्रह गर्नुभएको छ ।

मंगलबार, आषाढ २८, २०७९मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]