०७ बैशाख २०८२, आइतबार

Darshan Daily

२ वर्ष अगाडि

काठमाडौं, ८ मंसिर । काठमाडौंमा ४ दिने प्रसंसनीय खोज दृष्टिकोणसम्बन्धी प्रशिक्षण हुने भएको छ । पुष १ गतेदेखि ४ गतेसम्म हुने उक्त प्रशिक्षणमा प्रशंसनीय खोज बारे ज्ञान दिने जनाईएको छ ।
आयोजक संस्था इस्टर्न रिसर्च इन्स्टिच्युट अफ पोजिटिभ साइन्सका अनुसार सकारात्मक रुपान्तरणको लागि तालिम तथा अनुसन्धान कार्य गर्ने उद्देश्यले यो प्रशिक्षणको आयोजना गरिएको हो ।
यो संस्थाले स्थापनाकालदेखि नै विद्यालय तथा विश्वविद्यालय, राष्ट्यि तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, बैंक तथा निजी संघ संस्थासँग सहकार्य गरी तालिम तथा अनुसन्धान कार्य संचालन गर्दै आएको छ ।
प्रशंसनीय खोज दृष्टिकोणले व्यक्ति, परिवार, समाज, तथा संस्थाहरुमा सुषुप्त अवस्थामा रहेका सकारात्मक पक्षको उजागर गर्दै आएको छ ।
चार दिनसम्म संचालन हुने यस तालिमका सहजीकरण यस विधिका संस्थापक प्रोफेसर डा. डेभिड कुपर राइडर तथा प्रोफेसर डा. रोनाल्ड फ्राईका विद्यार्थी तथा सर्टिफाइड प्रशिक्षक डा. रामचन्द्र लामिछानेले गर्नेछन् ।
चारैतिर नैराश्य र नकारात्मकता वढी रहेको समयमा प्रशंसनीय खोज दृष्टिकोणका प्रशिक्षकहरुको प्रशिक्षणले प्रत्येक ब्यक्ति, परिवार, संस्था, समुदाय र समाजमा भएका सकारात्मक कुराहरुको खोजी गरी सकारात्मक वातावरण निर्माण गर्न सकिने भएकोले धेरै भन्दा धेरै जनालाई प्रसंसनीय खोज दृष्टिकोणको बारेमा दक्ष बनाउने उद्देश्यले यो तालिम आयोजना गरिएको आयोजक संस्थाका कार्यक्रम निर्देशक रिवाज लामिछानेले बताए ।
तालिममा आवेदनका आधारमा छनौट भएकाहरु मात्र सहभागि हुन पाउने छन् ।

शुक्रबार, मंसिर ०९, २०७९मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]