बिराटनगर, ८ पुस । राष्ट्रसेवक बहुमुखी सहकारी संस्थाले कारोबार प्रकृति फेरेको छ ।
सहकारीले २२ औं बार्षिक साधारणसभाबाट निर्णय गरेर रजिष्ट्रार कार्यालयमा फाईल बुझाएको भएपनि दुई महिना अगाडि मात्र अनुमति दिएको सहकारीका अध्यक्ष जीवन काफ्लेले जानकारी दिनुभयो ।
कर्मचारीको मात्र सहकारी भएका कारण धेरै काम गर्न नसकिने हुँदा बचत तथा ऋण सहकारी रुपमा परिवर्तन गरिएको उहाँले बताउनु भयो ।
‘बहुमुखी भएपछि उद्देश्यहरु धेरै भए, उत्पादनको क्षेत्रमा लगानी गर्नुपर्ने’, उहाँले भन्नुभयो, ‘हामी कर्मचारी र कर्मचारीका परिवार सदस्य रहने कार्यविधि छ । कर्मचारीले त्यस्तो उद्योग धन्दा तथा कृषिको क्षेत्रमा काम गर्न पनि भ्याउँदैनन् । त्यसले गर्दा पनि सहकारीको उद्देश्य परिवर्तन गर्नुपर्ने देखेर परिवर्तन गरिएको हो ।’
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि. मोरङले शनिबार २४ औं बार्षिक साधारसभा गर्दैछ । तर, सहकारी स्थापना भएको २५ बर्ष भएका कारण २५ औं बर्ष भव्यताका साथ मनाउने सहकारीले तयारी गरेको छ ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै सहकारीले मोरङको सहकारीले इतिहास बोकेकोले २५ औं बर्ष भव्यताका साथ मनाउने तयारी गरेको सहकारीका अध्यक्ष काफ्लेले बताउनु भयो ।
२०४८ सालमा भएको कर्मचारी आन्दोलनबाट शिक्षा लिदैं २७ बर्ष अगाडि नेपाल निजामति कर्मचारी संगठन मोरङले प्रारम्भ गरेको कल्याण कोष नै अहिले सहकारीको रुपमा संचालन भएको उहाँले बताउनु भयो । २०५५ सालमा कोषमा १६ लाख जम्मा भएपछि अब बैधानिकतातर्पm जानुपर्छ भन्ने उद्देश्यले नै २०५५ साल साउन ४ गते विधिवत रुपमा दर्ता भई सहकारी संचालनमा आएको काफ्लेले जानकारी दिनुभयो ।
सहकारीको अवधारणा र सुरुवाती नै मोरङ जिल्लाबाट भएका कारण मोरङको सहकारीले केही नयाँ नयाँ किसिमका गतिविधि गर्दै आएको र पछिल्लो दिनमा पनि गर्दै जाने उहाँले बताउनु भयो । अहिले ६८ जिल्लामा राष्ट्रसेवक सहकारी कुनै न कुनै रुपमा संचालनमा रहेको काफ्लेले जानकारी दिनुभयो ।
सहकारीको सम्पत्ति दायित्व साँढे ३६ करोड भन्दा बढी
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि. मोरङको कूल सम्पत्ति दायित्व ३६ करोड ५७ लाख ७७ हजार ८ सय रुपैंया ७६ पैसा रहेको छ । सहकारीको शेयर पूँजी ५ करोड ९२ लाख ४१ हजार २ सय रुपैंया रहेको छ भने कोष हिसाब २ करोड ५९ लाख ९० हजार ४३१ रुपैंया ७० पैसा रहेको छ ।
सहकारीको निक्षेप २६ करोड ३६ लाख ६७ हजार २९० रुपैंया रहेको छ भने ऋण लगानी २६ करोड ९७ लाख २६ हजार ४७२ रुपैंया रहेको छ ।
सहकारीले कूल कारोबार ५४ करोड ८९ लाख ५५ हजार ९ सय ९३ रुपैंया ६७ पैसा रहेको छ ।
सहकारीले महिला शेयर सदस्य सुत्केरी शिशु पोषण खर्च वापत ५ हजार वितरण गर्दै आएको जनाएको छ । त्यसैगरी ज्येष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत ७५ बर्ष नाघेका सदस्यलाई सम्मान स्वरुप उपचार खर्च वापत जनही २ हजार उपलब्ध गराउने गरेको सहकारीले जनाएको छ । सहकारीले विभन्न अक्षयकोष संचालन गरेर संस्थामा योगदान पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ ।
सहकारीमा १८ सय १० जना शेयर सदस्य रहेका छन् ।