०१ माघ २०८१, मंगलबार

Darshan Daily

२ वर्ष अगाडि

विराटनगर, १९ फागुन । विराटनगर–१० मा रहेको अर्किड कलेजमा एक दिने विज्ञान प्रर्दशनी तथा फूड फिस्टाको आयोजना गरिएको छ ।
कलेज परिसरभित्र शुक्रबार विज्ञान प्रर्दशनी र फूड फिस्टाको गरिएको हो ।
विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले एक दिने विज्ञान प्रर्दशनी आयोजना गरिएको कलेजका प्रिन्सिपल दिपेश बास्तोलाले जानकारी दिए । कलेजमा कक्षा ११ र १२ मा विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरूले विज्ञान प्रर्दशनीमा विभिन्न १० वटा स्टल प्रर्दशनीमा राखेका थिए ।
विद्यार्थीहरूले डीनए मोडेलदेखि लिएर ग्यास डिटेक्टर, जोजर, टेस्ला कोइललगायतका विज्ञान प्रर्दशनीमा राखेको प्रिन्सिपल बास्तोलाले जानकारी दिए ।
कलेजमा कक्षा ११ र १२ मा होटेल मेनेजमेन्टमा अध्ययनरत विद्यार्थीहरूले आपूmले शिकेका शिपको सदुपयोग गर्दै विभिन्न परिकारको खाना परिकारहरु प्रर्दशनीमा राखेका थिए । सोही अवसरमा अर्किड कलेजका पूर्व विद्यार्थी गायक शुसान्त रेग्मीले गित गाउँदै विद्यार्थीलगायत शिक्षकहरूलाई नचाएका थिए ।
कार्यक्रममा कलेजले लिएको दोस्रो त्रैमासिक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत तथा सम्मान गरेको थियो ।

शुक्रबार, फाल्गुण १९, २०७९मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]