०५ माघ २०८१, शनिबार

दर्शन संवाददाता

३ दिन अगाडि

बिराटनगर, २ माघ । दशौं राष्ट्रिय योग दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना भएको छ ।
कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको प्रमुख आतिथ्यतामा दिवसका अवसर पारेर मंगलबार आयोजित रक्तदान कार्यक्रममा १६ पिन्ट रगत संकलन भएको छ ।
पं. घनश्यामचन्द्रकला पोखरेल स्मृति प्रतिष्ठान बिराटनगर–६ को आयोजना र पतञ्जली योग समिति मोरङ, जिल्ला आयुर्वेद सेवा केन्द्र बिराटनगर, जीवन विज्ञान परिषद् मोरङ, ब्रम्हकुमारी राजयोग सेवा केन्द्र बिराटनगर, मनोक्रान्ति बिराटनगर र लायन्स क्लव डाँफेको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोजना भएको हो ।
स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग भन्ने मूल नाराका साथ मनाइएको दशौं अन्तर्राष्ट्रिय योग दिवसको पहिलो सत्रमा ध्यानसँग सम्वन्धित कार्यक्रम चलाईएको पं. घनश्यामचन्द्रकला पोखरेल स्मृति प्रतिष्ठानका सचिव दामोदर पोखरेलले जनाउनु भएको छ ।
कार्यक्रमको समापन पतञ्जली योग समिति मोरङका अध्यक्ष सुरेशकुमार अग्रवालले गर्नु भएको थियो भने उद्घोषण जिल्ला आयुर्वेद केन्द्रका वरिष्ठ कविराज बैद्यनाथ साहले गर्नु भएको थियो ।

बुधबार, माघ ०२, २०८१मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]