बिराटनगर, ११ माघ । प्रहरी सेवाको सहज पहुँचमा नभएका, अल्पसंख्यक तथा जोखिममा रहेका वर्गलाई प्रहरीले दिने सेवालाई थप सुदृढ एवं प्रभावकारी बनाउने उद्देश्य अनुरुप ‘अल्पसंख्यकसंग प्रहरी कार्यक्रम’ सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङको आयोजना र इलाका प्रहरी कार्यालय रंगेली तथा मंगलबारे टोल विकास समितिको सहकार्यमा रंगेली–२ स्थित महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारी ज्यूको प्रमुख आतिथ्यमा, मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया, स्थानीय जनप्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, विद्यालयका शिक्षक, विद्यार्थी, संघ, संस्थाका प्रतिनिधि, पत्रकार, भद्रभलादमी, वुद्धिजिवी, समाजसेवी र स्थानीयवासीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।
गोरधनदास कमलावती परोपकारी प्रतिष्ठान विराटनगरको सहयोगमा अल्पसंख्यक सामुदायका ७० घरधुरीलाई न्यानो कपडा (कम्बल) वितरण गरिएको थियो ।