२३ माघ २०८१, बुधबार

Darshan Daily

१ हप्ता अगाडि

विराटनगर, १५ माघ । १०२ पटक रक्तदान गरेका हरिमोहन श्रेष्ठ सम्मानित भएका छन् । उन्नाइसौं राष्ट्रिय स्वयमसेवी रक्तदाता दिवसको अवसरमा मंगलबार उच्च अदालत विराटगर बार एशोसिएसनका अध्यक्ष विश्वराम भट्टराईले उहाँलाई सम्मान गरेका हो ।
नेपाल स्वयम्सेवी रक्तदाता समाज मोरङको आयोजनामा भएको कार्यक्रममा अध्यक्ष भट्टराईले मानव रगत अमूल्य रहेको बताउँदै एक सय बढी पटक रक्तदान गर्ने श्रेष्ठको कार्यलाई पैसासँग तुलना गर्न नसकिने अमूल्य रहेको बताउनु भयो ।
अधिवक्ता विनयराज पाण्डेले आफू पनि स्वयम्सेवी रक्तदाता भएको बताउँदै रक्तदान गर्दा छुट्टै आनन्द आउने बताउनु भयो । सम्मानित श्रेष्ठले आफूले रक्तदान गर्दाको अनुभूति सुनाउनु भएको थियो ।
सो अवसरमा अधिवक्ता राजकुमार राउत, समाजका अभियन्ता सुवोध निरौला, सन्तनु रेग्मी, शैलेश श्रेष्ठलगायतले रक्तदानका बारेमा चर्चा गर्नु भएको थियो ।
रक्तदानका बारेमा चनचेतना प्रशस्त भई रक्तदाता पनि कमी नभएको अवस्थामा रक्तसञ्चारको कार्य गर्दै आएको रेडक्रसका संचालकहरुको अक्रमण्यताको कारण रगत आवश्यक भएका विरामीले रगत अभावको सास्ती भोग्नु परिरहेको उनीहरुको गुनासो थियो । प्रत्येक वर्ष माघ १५ गते राष्ट्रिय स्वयम्सेवी रक्तदाता दिवस मनाइन्छ । समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १८१ पटक रक्तदान गरिसक्नु भएको छ ।

मंगलबार, माघ १५, २०८१मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]