विराटनगर, १५ माघ । नेकपा एमालेका नेता जीवन घिमिरेले लेख्नु भएको ‘कमरेड हिजो र आज’ पुस्तकको विमोचन हुने भएको छ । प्रगतिशिल लेखक संघ नेपाल मोरङको आयोजनामा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पुस्तकको आगामी शनिबार विराटनगरमा विमोचन गर्नु हुनेछ ।
एमाले केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्वमन्त्री घिमिरेले वि.सं २०३६–०४६ सम्मको आन्दोलनलाई समेटेर पुस्तक तयार गर्नु भएको हो ।
पार्टी राजनीतिकसँग जोडिएका घटनाहरु, सो घटनामा संंलग्न करिव ४ सय पात्रहरुका विषयहरु पुस्तकमा समेटिएको लेखक घिमिरेले बताउनुभयो । उहाँका अनुसार ‘कमरेड हिजो र आज’ श्रोत पुस्तकको हो ।
पुस्तकमा पूर्व प्रधानमन्त्री मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, जननेता मदन भण्डारीलगायत ४ सय पात्रहरु रहेको घिमिरेले बताउनुभयो । करिव एक वर्षमा पुस्तक तयार गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पुस्तकले विशेषगरि झापा, मोरङ र सुनसरीको राजनीतिलाई केन्द्रीत गरेको छ । हिजो उच्च योगदान भएका र हाल पछि परेकाहरुको पुस्तकमार्पmत परिचय गराउन कोशिस गरिएको छ ।’ २०३६–०४६ आन्दोलनका समयका पात्रहरुका बारेमा शोध गर्न चाहनेहरुका लागि पुस्तक उपयोगी श्रोत हुने घिमिरेको भनाई छ ।
पुस्तकको विमोचनका अवसरमा पुस्तकमा समेटिएका पात्रहरुलाई सम्मान गरिने लेखक घिमिरेले जानकारी दिनुभयो ।